Dabur

प्रधानमन्त्रीलाई चिट्ठी 

सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यु जयनेपाल ।

देशको प्रती चिन्ता र चासो राख्ने एक नागरिकको तर्फबाट पाँचौ पटक यो मुलुकको  प्रधानमन्त्री बन्नुभएको यहाँ प्रती  केही आसा,भरोसा र निरासाका भावनाहरु जाहेर गर्न यो पत्र लेख्ने कोसिस गरेको छु । नेपालमा पाँच पटकसम्म प्रधानमन्त्रीको कुर्सीमा आसिन हुने यो गौरवशाली अवसर अब उपरान्त कहिँकसैले सायदै प्राप्त गर्नेछन् । यसर्थ त्यो सौभाग्यशाली व्यक्ति तपाईं सम्माननीय प्रधानमन्त्री ज्यु ले नागरिकको मन बाट उठेको भावनालाई हृदयङ्गम गर्नुहुने विश्वासका साथ केही विषयहरु प्रस्तुत गर्ने अनुमती चाहान्छु ।
 
    मिति २०७८ असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएसङ्गै साढे तीन वर्ष राज गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लाई तपाईंले बिस्थापन गर्नुभयो । केपी ओलीले अहिलेसम्मका प्रधानमन्त्रीहरु मध्य सबैभन्दा धेरै समय साढे तीन वर्ष सम्म अत्यधिक बहुमतको सरकार चलाउदा देश र जनताको आशा र विश्वास अनुसार जेजती काम गर्नुपर्दथ्यो त्यो गर्न सकेनन् । तपाईंले यो संसदको बाँकी कार्य काल डेढ वर्षमा ती कामहरु त पक्कै गर्न सक्नुहुने छैन तर हाम्रो देशको संघीय गणतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई धरापमा पार्नेखालका हिजोका गतिविधिहरु अब पुनरावृत्ति हुने छैनन् भन्नेकुरामा आशावादी छु । पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई एकाधिकारवादी सोंच,चिन्तन र कार्यशैलीले ठिलोठिलो बनाई पार्टीलाई छिन्न भिन्न बनाउने,राज्य संयन्त्र र प्रणालीलाई आफ्नो गुटगट स्वार्थ तथा एकाधिकारवादी उद्देश्यहरु पूरा गर्नका लागि दुरुपयोग गर्ने,निरन्तर रुपमा संविधान र कानुनका प्राबधानहरुलाई कुल्चने जस्ता घृणित खेलहरु राजनीतिको रङ्गमंचमा पुनः दोहोरिनेछैनन भन्ने भरोसा तपाईं प्रती गर्नु न्यायोचित होइन भनिरहन सक्दैनौँ । किनकि तपाईं यतिबेला फरक पृष्ठभुमिमा प्रधानमन्त्री पदमा आसिन हुनुहुन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त जनअभिमतलाई आफ्नो एकाधिकारवादी सोंच र कार्यशैलीले धुलिसात बनाउदै दुईदुई पटक सम्म संसद विघटन गरी स्वेच्छाचारी र असंबैधानिक कदम चाल्दा त्यस्को खिलाफमा उठेको संघर्ष र बिद्रोहको बलमा तपाईं प्रधानमन्त्री बन्नुभएकाले विगतमा जेजस्तो कमीकमजोरीहरु भएपनि अब त्यसो हुनेछैन र हुनुहुँदैन ।

  तर अफशोच तपाईं प्रधानमन्त्री बन्नुभएको ५६ दिन पुरा हुँदा पनि मन्त्रीपरिषद्ले पुर्णता पाएको छैन । जसका कारण सरकारको कार्यसम्पादन अस्तब्यस्त देखिन थालेको छ । नयाँ आर्थिक वर्षको दुई महिना ब्यतित हुँदासम्म पनि नयाँ बजेट बारेको अन्यौल कायमै छ । तपाईं राज्यको काममा भन्दा पार्टीको काममा बढी केन्द्रित हुँदा राज्य संयन्त्र फिटलो भएको महसुस भएको छ । जस्ले गर्दा कोरोना खोप व्यबस्थापन,विभिन्न तहका परिक्षा र बिधालय संचालन,काठमाडौको फोहोर व्यबस्थापन,कोरोना महामारी नियन्त्रणमा तदारुकता,विभिन्न प्राकृतिक बिपत्तिहरुबाट पीडितहरुको उद्दार,राहत र पुनःस्थापनामा राज्यको पहलकदमी,रास्ट्रसेवक कर्मचारीहरुको सुव्यवस्थित खटनपटन,नागरिकलाई छिटोछरितो तथा सहज सेवा र सुशासन कायम गर्ने जस्ता विषयहरुमा यो सरकार असफलता तर्फ उन्मुख त हुँदै छैन ? भन्ने नागरिकको सवालप्रती बेलैमा गम्भीर बन्नुहोस भन्ने हाम्रो अपेक्षा छ । लोकतान्त्रिक आन्दोलनको बलमा स्थापित बर्तमान सरकारले भारतीय सीमा सुरक्षा बलको दादागिरी र हेपाहा प्रवृत्ति,मिलिनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० जस्ता राष्ट्रिय सरोकारका विषयहरुमा आमनागरिकले आवाज उठाउदा त्यस्लाई दबाउन खोज्ने,गृहमन्त्रालय बाट बिज्ञप्ती जारी गरि नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने दुष्प्रयत्न गर्नेजस्ता गतिविधिहरुले के यो सरकार लोकतन्त्रको पक्षमा छैन ? भन्ने प्रश्नलाई मलजल गरेको छ । त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यु र नेपाल सरकारको ध्यान यावत् जल्दाबल्दा विषयहरुमा गम्भीरतापुर्बक आकर्षीत हुनेछ र नेपाली जनताले गरेको आशा र भरोसाको दियोलाई निभ्न दिनुहुनेछैन भन्ने विश्वास प्रकट गर्दै यो पत्रलाई बिट मार्दछु । नमस्कार ।
 


सम्बन्धित खबर

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...

नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा बुढामगर, को–को भए लुम्बिनीका १२ जिल्लामा  अध्यक्ष ? 

नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा भोज विक्रम बुढामगर चयन भएका हुन् । लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

विद्यार्थी संगठन सत्ताको रक्षा कवज संगठन होइनः भण्डारी 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले विद्यार्थी आन्दोलन सत्ताको रक्षाकवज संगठन नभएको बताएका छन् । विद्यार्थीको मौलिक हकको सुनिश्चितता र शैक्षिक व्यापारको अन्त्य गर्न अखिल क्रान्तिकारी लडिरहेको जिकिर गरे ।  आइतवार जुम्र...

अखिल क्रान्तिकारी गौमुखीको अध्यक्षमा कुवँर 

प्यूठान, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका स्तरीय कमिटि गठन गरिएको छ ।  (अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका  कमिटिको अध्यक्षमा त्रिबिक्रम क...