Dabur

प्रहरीमा भनसुन गराएर जागिर खुवाएको दावी गर्ने युवक पक्राउ

प्युठान, समाजमा प्रहरी संगठनको वदनाम गर्ने युवक पक्राउ परेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्ध एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल मल्लले बताए । 
गुरुङले आफ्नो व्यक्तिगत पहल र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्री लम्साल समेतको सिफारिसमा प्युठानका ४१ जनाले प्रहरीमा नाम निकालेको सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । समाजिक सञ्जालमा गुरुङले नाम निकाल्नका सहयोग गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ‘धन्यवाद’ दिँदै नाम निकाल्नेहरूको सूची समेत पोष्ट गरेका थिए । 
गुरुङलाई प्युठान नगरपालिका–१ स्थित जुम्रीबाट पक्रेर आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी मल्लले बताएका छन् । रातोपाटी


सम्बन्धित खबर

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...

नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा बुढामगर, को–को भए लुम्बिनीका १२ जिल्लामा  अध्यक्ष ? 

नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा भोज विक्रम बुढामगर चयन भएका हुन् । लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

विद्यार्थी संगठन सत्ताको रक्षा कवज संगठन होइनः भण्डारी 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले विद्यार्थी आन्दोलन सत्ताको रक्षाकवज संगठन नभएको बताएका छन् । विद्यार्थीको मौलिक हकको सुनिश्चितता र शैक्षिक व्यापारको अन्त्य गर्न अखिल क्रान्तिकारी लडिरहेको जिकिर गरे ।  आइतवार जुम्र...

अखिल क्रान्तिकारी गौमुखीको अध्यक्षमा कुवँर 

प्यूठान, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका स्तरीय कमिटि गठन गरिएको छ ।  (अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका  कमिटिको अध्यक्षमा त्रिबिक्रम क...