Dabur

प्यारा नानीबाबुहरू

प्रिय बालबालिकाहरु बालमैत्री अभिवादन, सर्वप्रथम त बालदिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। मानव जीवनको प्रथम चरण बालबालिका हो।यो व्यक्तिको भविस्य निर्धारण गर्ने अवस्था भएकाले यसलाई एउटा काचो माटो जस्तै पनि भनिन्छ।बालबालिकाको बर्तमान गतिविधिले नै मानवको भविस्य निर्धारण गर्छ।अहिलेका बालबालिकाहरु भविस्यका देश निर्माता हुन। प्रिय बालबालिकाहरु यो देश हाम्रो पनि हो तपाइहरुको पनि हो तर अन्तिमा यो देश तपाईहरु कै हो। प्यारा नानिबाबुहरु, तपाईहरु सिक्ने क्रममा हुनुन्छ।सिक्ने समय अथाह छ,यो समयलाई समुचित किसिमले सदुपयोग गर्नु होला।एउटा बच्चाले आमाको गर्भ देखि १८ बर्ष सम्म आइपुग्दा सम्म मानसिक एंव शारीरिक रुपमा उसले अथाह प्रगति गरिसकेको हुन्छ।उसले समाजको बारेमा अध्ययन समेत गरिरहेको हुन्छ।समाजको अध्ययनमा सामाजिक,भौगोलिक र राजनीतिक अध्ययन महत्त्वपूर्ण हुन्छ,जुन अध्ययनले तपाइहरुलाई भविस्यमा नेतृत्वदायी भुमिकामा पुर्‍याउन मद्दत गर्दछ। नानिबाबुहरु! अध्ययन गर्ने बानी सबैको फरक फरक हुन्छन,कसैले फिल्म वा भिडियो हेरेर सिक्छन,कसैले किताब पढेर त कसैले आफ्नो अनुभवबाट सिक्छन,त्यसैले बालबालिकाहरु जिज्ञासु बनेर अध्ययनमा चासो दिनु आवस्यक छ। नानिबाबुहरु नरिसाउनु होला!! तर अहिलेका बालबालिकाहरुलाई अनलाइन गेमको लत नै बसेको छ जसको कारण दिनानुदिन अकल्पनीय घटनाहरू घटीरहेका छन।तपाइको अभिभावकहरु चिन्तामा हुनुन्छ।कतै अनलाइन गेमले हजुरहरुको मस्तिष्क नै कमजोर बनाएको छ कि भन्ने अभिभावकहरुमा आशंका पनि बढेको छ।अनलाइन गेमका कारण कयौं बालबालिकाहरुमा मानसिक समस्या समेत देखिन थालेको छ,यसर्थ बालदिवसको शुभकामना सँगै अनलाइन गेम नखेल्न पनि मेरा प्रिय नानिबाबुहरुलाई मेरो सुझाब रहेको छ। बालबालिकाको उमेर एउटा अध्ययनको समय हो यसलाई भरपुर्ण सदुपयोग गर्नुस।नयाँनयाँ खोजतलास गर्नुस,जिज्ञासु बन्नुस,अथाह ज्ञान आर्जन गर्नुस,समाजको लागि उदाहरणीय बन्नुस,सानै देखि मिहिनेती बन्नुस,आफ्नो कुरा नडराई अभिभावकलाई राख्न सिक्नुस,परिवारलाई एउटा साथिहरुको रुपमा संझनुस यसो गरेमा एउटा समाजको आवश्यक पात्र बन्न सकिन्छ। नानिबाबुहरु हाम्रो दिमाग सकारात्मक भन्दा नकारात्मक तर्फ छिटो लम्किन्छ यसो हुँदा हामी छिटो भन्दा छिटो बिग्रने संभावना पनि हुन्छ त्यसैले हामिले सधै सकारात्मक बिचारहरुलाई महत्त्व दिनु पर्छ,कसैले भनेको कुरालाई ध्यान दिएर सुन्न पनि सक्नु पर्छ। नानीबाबुहरु बालबालिका स्वभावले नै अलि जिज्ञासु हुनु आवश्यक छ,तर हामीले अरुका कुरा पनि सुन्नु पर्छ। नानीबाबुहरु हामी सँग धेरै सुन्नका लागी दुई वटा कान छन,धेरै देख्न दुइ वटा आँखा छन,तर थोरै बोल्नका लागि भनेर नै एउटा मुख भएको हो यसर्थ अध्ययनशील बन्नका लागि धेरै सुन्न सक्नु पर्छ। बुद्ध बहादुर बस्नेत उपाध्यक्ष ऐरावती गाउँपालिका बरौला प्यूठान


सम्बन्धित खबर

माओवादी रूपन्देही इन्चार्ज माेटरसाइकल दुर्घटनामा परी मृत्युु

शिक्षकमाथि राज्यको विभेद र अबको शिक्षक अन्दोलन

हुने पेसामा संलग्न शिक्षकहरूलाई समयसमयमा निरन्तर तालिमको व्यवस्था हुनुपर्छ त्यो व्यवस्था राज्यले गरेको छैन । यसमा ध्यान नै दिएको छैन । ८÷१० वर्षमा कुनै शिक्षकले एकपटक जिल्लाबाहिर गएर तालिममा सहभागी भयो भने उसले तालिममा सहभागी भएवाफत् पाउने...

अलविदा कमरेड खगुलाल

म्युनिस्टहरु उत्साहित पूर्वक सहभागि भएकोपनि हामीले ४ वर्ष अगाडि देखेका थियौं । वास्तवमा उहाँको आदर्श र सङ्घर्षशील व्यक्तित्वलाई स्मरण गर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीलाई टुटफुट र विभाजन त्यागेर एकताका लागि प्रेरित गर्दछ । देशमा उपस्थि...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

अखिल क्रान्तिकारी प्यूठान–काठमाण्डौं सम्पर्क मञ्चको सम्मेलन

प्युठान, अखिल क्रान्तिकारी प्यूठान–काठमाण्डौं सम्पर्क मञ्चको सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्पर्क मञ्चको छैठौ सम्मेलनले समुन्द्र गिरीको अध्यक्षतामा नया कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष संयोग कक्षपति, उपाध्यक्ष सन्तोष बस्नेत, सचिब नबिन...