Dabur

नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा बुढामगर, को–को भए लुम्बिनीका १२ जिल्लामा  अध्यक्ष ? 

नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा भोज विक्रम बुढामगर चयन भएका हुन् । लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्यक्ष चयन भइसकेकोमा गुल्मी र दाङमा शुक्रवार चयन गरिएको केन्द्रीय सदस्य एवं प्रस्तावित प्रदेश अध्यक्ष मेटमणि चौधरीले जानकारीले दिए ।

जसअनुसार बाँके अध्यक्षमा अशोक कोइराला, बर्दिया अध्यक्षमा प्रेम शर्मा, दाङ अध्यक्षमा सुरामणि बेलबासे, कपिलवस्तु अध्यक्षमा लंकबहादुर हमाल, रुपन्देही अध्यक्षमा राजु गुरुङ र नवलपरासी अध्यक्षमा कुमार आले रहेका छन् । 
त्यस्तै पाल्पा अध्यक्षमा खिमानन्द पाण्डे, गुल्मी अध्यक्षमा श्रीराम महत, अर्घाखाँची अध्यक्षमा रामबहादुर चौहान, रोल्पा अध्यक्षमा हरिप्रसाद घर्ती र रुकुमपूर्व अध्यक्षमा भीउमान घर्ती रहेका छन् । 


सम्बन्धित खबर

लुम्बिनी प्रदेशकाे वजेटका यी हुन विशेषता

लुम्बिनी प्रदेश सरकारले जटिल तीन रोगको उपचारका लागि निर्देशिकाले तोकेको बाहेक थप दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । सरकार परिवर्तन भएपछि नयाँ बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले यस्तो घो...

टिप्परको ठक्करबाट मजदुरको मृत्यु

प्युठान , टिप्परको ठक्करवार एक जना सडक मजदुरको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–८ लुप्लुङ्गमा रहेको चुनढुङ्गा खानीबाट चुनढुङ्गा ओसारपसार गर्ने टिप्पर ठक्करबाट स्थानीय ३७ वर्षीय सडक मजदुर यामबहादुर दमाईको मृत्यु भएको हो ।  दमाईलाई आईतबार...

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

विद्यार्थी संगठन सत्ताको रक्षा कवज संगठन होइनः भण्डारी 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले विद्यार्थी आन्दोलन सत्ताको रक्षाकवज संगठन नभएको बताएका छन् । विद्यार्थीको मौलिक हकको सुनिश्चितता र शैक्षिक व्यापारको अन्त्य गर्न अखिल क्रान्तिकारी लडिरहेको जिकिर गरे ।  आइतवार जुम्र...