Dabur

लुम्बिनी प्रदेशकाे वजेटका यी हुन विशेषता

लुम्बिनी प्रदेश सरकारले जटिल तीन रोगको उपचारका लागि निर्देशिकाले तोकेको बाहेक थप दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । सरकार परिवर्तन भएपछि नयाँ बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले यस्तो घोषणा गरेका हुन् । मृगौला प्रत्यारोपण, मुटुकाु भल्भ परिवर्तन र क्यान्सर रोगको उपचारका लागि विपन्न नागरिक उपचार निर्देशिकाले उल्लेख गरेको बाहेक थप दुई लाखका दरले सहयोग गर्ने कार्यक्रम घोषणा गरेका हुन् । केही समयअघि मात्रै संघीय बजेट घोषणा गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीका लागि मासिक पाँच हजार भत्ताको घोषणा गरेका थिए । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले अर्थ सम्बन्धि बिधेयक मार्फत लुम्बिनी प्रदेशसभामा आव ०७८÷०७९ का लागि कुल ४० अर्ब ९५ करोड ९७ लाख को वार्षिक बजेट प्रस्तुत गरेका छन् । जस्मा चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार (३३.३१%) र पुजिगत तर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार(५४.८७%) र स्थानीय तह बित्त हस्तान्तरण तर्फ ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार(११.८२%) रहेको छ । बर्तमान सरकारले प्रस्ताव गरेको बजेटमा चालुतर्फको खर्च अघिल्लो सरकारले प्रस्ताव गरेको भन्दा ४% ले कम रहेको छ । “समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश “ को मुलनाराका साथ प्रस्तुत बजेटमा उल्लेख कार्यक्रमका मुख्य विशेषताहरु यसप्रकार छन् । १) लुम्बिनी प्रदेशका १८ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ को खोपको ब्यवस्था । २) घरदैलोमा डाक्टर कार्यक्रम र प्रदेश भरी निशुल्क रक्त सन्चार सेवा । ३) लुम्बिनी प्रदेशमा जेष्ठ नागरिक र महिला तथा बालबालिका अस्पताल स्थापना । ४) क्यान्सर,मृगौला र मुटु रोगीलाई प्रदेश सरकारको तर्फबाट थप दुई लाख उपलब्ध गराउने । ५) मुटुरोगको उपचारलाई सर्बसुलभ गराउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याब सेवा बिस्तार गर्न १० करोड र एम आर आइ एवं सिटी स्क्यान सहितको स्वास्थ्य उपकरणका लागि १३ करोड बजेट ब्यबस्थापन । ६) ७० वर्ष माथीका जेष्ठ नागरिक सङ्ग स्वास्थ्यकर्मी कार्यक्रम । ७) प्रदेश भित्र शैक्षिक गुणस्तर र भौतिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम । ८) प्युठानमा लुम्बिनी सीप विकास प्रतिष्ठान स्थापना गर्ने । ९) गरिबी निवारणका लागि एक पालिका एक सामुहिक कम्पनी,एक कम्पनी एक सामुहिक उधम कार्यक्रम । १०) एक जिल्ला एक पालिका सार्बजनिक शुलभ पसल । ११) कृषि र औद्योगिक कर्जा प्रबाह गर्न तथा लुम्बिनी प्रदेशको सरकारी बित्तीय कारोबार गर्न लुम्बिनी प्रदेश बैंक स्थापना । १२)बिधुतिय बस सेवा सन्चालन । तत्कालका लागि भैरहवा–बुटवल,नेपालगन्ज–कोहलपुर,भालुबाङ्ग–लमही र घोराही–तुलसीपुर रुटमा सन्चालन गर्ने । १३) गण्डकी नदिकि त्रिबेणी–देबघाट र राप्ती नदिको खुङ्ग्री–भालुबाङ्ग र भालुबाङ्ग– अगैया खण्डमा र्याफ्टिङ्ग संचालन गर्ने । १४) लुम्बिनी र स्वर्गद्वारीको माटो,पानी र बस्तु प्रयोग गरि मायाको चिनो उत्पादन गर्ने सोभिनियर उधोग संचालन गर्ने । १५) लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नयाँ शहर र एकीकृत बस्ती विकास गर्ने । १६) परम्परागत चुल्होको बिस्थापन गरि विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतिय चुल्हो उपलब्ध गराउने । १७) जलविद्युत,सौर्यउर्जा र बैकल्पिक उर्जाको पर्बर्धन गरि लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने । १८) पुर्ब पश्चिम राजमार्गको सुरइनाका,धानखोला र रिहारमा जलाशय निर्माण गरि त्यस्को बहुउपयोग गर्ने । १९) एक हजार बिगाहा जग्गामा पिपिपी मोडेलमा सुगन्धित धान र प्याज उत्पादन गर्न आधुनिक कृषि फर्म सन्चालन गर्ने । २०) कोभिड महामारी बाट प्रभावित उधोगी व्यबसायीका लागि प्रदेश करमा छुटको ब्यबस्था । २१) महिला,दलित,जनजाति,अल्पसंख्यक लगायत लक्षित समुहका लागि रोजगारमुलक कार्यक्रम । २२) कृषिजन्य उत्पादनको बजार पर्बर्धन गर्न भैरहवा,कृष्ण नगर र नेपालगन्जमा स्तरीय तरकारी बजार स्थापना गर्ने । २३) लुम्बिनीमा बौद्ध अन्तरास्ट्रिय बर्थिङ्ग सेन्टर स्थापना गर्ने । २४)बुटवलमा धागो कारखाना,कपिलवस्तुमा कागज कारखाना र कपास खेती एवं उधोगको स्थापना । २५) स्वर्गद्वारीमा केबलकार ,हिल स्टेसन,थिम पार्क र रुपन्देही सहित प्रदेशका १२ वटै जिल्लामा हिल स्टेसनहरु निर्माण गर्ने । २६) कपिलवस्तुलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने र प्रदेशका विभिन्न स्थानहरुमा सबै जातजातिका धर्म,भाषा,संस्कृति र पहिचान झल्किने सांस्कृतिक ग्रामहरु स्थापना गर्ने । २७) जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता एवं द्वन्द परिवारलाई रोजगार कार्यक्रम । २८) प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश राजधानीको ब्यबस्थापन । २९) लुम्बिनी विश्वबिधालय स्थापना । ३०) डिजिटल प्रबिधि युक्त ट्रायल सेन्टर र डिजिटल सवारीचालक अनुमतिपत्रको व्यबस्था । ३१) लुम्बिनी प्रदेशका पत्रकारहरुको पत्रकार दुर्घटना बीमा,पत्रकार महासंघ लुम्बिनीको भवन निर्माण र संस्थागत विकास । ३२) प्रदेश परियोजना बैंक स्थापना । ३३) राजमार्ग र सार्बजनिक स्थानहरुमा सिसिटिभी र फ्री वाइफाईको व्यबस्था । ३४) राजस्व वृद्धि गरि आत्मनिर्भर प्रदेश स्थापना गर्न प्राकृतिक श्रोत साधनको उचित पहिचान,परिचालन,राजस्व प्रशासनमा सुधार र करका दायरामा वृद्धि गर्ने । ३५) लुम्बिनी प्रदेशमा पुजीबजार र बीमाको पहुँच बिस्तार गर्ने । ३६) लुम्बिनी प्रदेशलाई आकर्षक लगानी हबको रुपमा विकास गरि राष्ट्रिय अन्तरास्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्न । ३७) तथ्यमा आधारित बैज्ञानिक योजना प्रणालीको विकास गर्न प्रदेश तथ्यांक कार्यालय स्थापना गरि योजना संकलन विश्लेषण गर्ने । ३८) चालू प्रथम आवधिक योजनाको मध्यावधिक समिक्षा तथा मुल्यांकन गरि नयाँ योजना तर्जुमा गर्ने । ३९) बजेट,योजना र सार्बजनिक खर्चलाई प्रभावकारी बनाई बिनियोजन कुशलता,कार्यान्वयन दक्षता र बित्तीय अनुशासन कायम गर्न मध्यमकालिन खर्चलाई विद्युतिय प्रणालीमा विकास गर्ने लगायत का रहेका छन् । वजेटलाई अघिल्लो सरकारकाे भन्दा संशाेधित लाेकप्रिय मानिएकाे छ । 


सम्बन्धित खबर

टिप्परको ठक्करबाट मजदुरको मृत्यु

प्युठान , टिप्परको ठक्करवार एक जना सडक मजदुरको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–८ लुप्लुङ्गमा रहेको चुनढुङ्गा खानीबाट चुनढुङ्गा ओसारपसार गर्ने टिप्पर ठक्करबाट स्थानीय ३७ वर्षीय सडक मजदुर यामबहादुर दमाईको मृत्यु भएको हो ।  दमाईलाई आईतबार...

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...

नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा बुढामगर, को–को भए लुम्बिनीका १२ जिल्लामा  अध्यक्ष ? 

नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा भोज विक्रम बुढामगर चयन भएका हुन् । लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

विद्यार्थी संगठन सत्ताको रक्षा कवज संगठन होइनः भण्डारी 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले विद्यार्थी आन्दोलन सत्ताको रक्षाकवज संगठन नभएको बताएका छन् । विद्यार्थीको मौलिक हकको सुनिश्चितता र शैक्षिक व्यापारको अन्त्य गर्न अखिल क्रान्तिकारी लडिरहेको जिकिर गरे ।  आइतवार जुम्र...